२०८१ अषाढ २४, सोमबार
काठमाडौं,असार ७। आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । पहिलो विकेटको रुपमा कप्तान रोहित १३ बलमा ८ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरेका थिए ।
विराट कोहलीलाई साथ दिन ऋषभ पन्त आए । उनले ११ बलमा २० रन बनाए । जसमा चार चौका सामेल छ । ऋषभ आउट हुँदा भारतले ७ ओभरमा ५४ रन बनाएको थियो । तेस्रो विकेट पनि भारतले सस्तैमा गुमायो । विराट कोहली २४ बलमा २४ रन बनाएर आउट हुँदा भारतलको स्को ८।३ ओभरमा ६२ रन रहेको थियो । विराटले एक छक्का प्रहार गरेका थिए ।
शिवम् दुवेले ७ बलमा १० रन बनाएर आउट हुँदा एक मात्र छक्का प्रहार गरे । सूर्यकुमार यादव र हार्दिक पाण्ड्याबीचमा ६० रनको साझेदारी भएप्छि टिमको स्कोर ५–१५० पुगेको थियो । सूर्यकुमारले २८ बलमा अर्धशतकीय पारि खेल्दै आउट भए । उनले अर्धशतक पूरा गरेलत्तैको बल उठाएर खेल्न खोज्दा क्याच आउट भए । यादवले ३ छक्का र ५ चौकाका मद्दतले ५३ रन बनाए ।
हार्दिक पाण्ड्याले २४ बलमा ३२ रन बनाउँदा २ छक्का र तीन चौका प्रहार गरे । यसैगरी रविन्द्र जडेजाले ७ रन बनाउँदा अक्षर पटेलले ६ बलमा १२ रनको पारि खेले । उनले २ चौका प्रहार गरेका थिए । अर्सदीप सिंहले २ रन लिए । अफगानिस्तानका फजलहक फारुकी र रासिद खानले तीन तीन विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे