२०८१ अषाढ २४, सोमबार
काठमाडौँ, १६ असार । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगो भएको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे