२०८१ अषाढ २४, सोमबार
काठमाडौं, असार ६ । आइसिसी टी २० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ । एउटा समूह राति १ बजे र अर्को समुह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो ।
अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन ।
बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो। नेपाल इतिहासमा नै दोस्रो पटक टी २० विश्वकपमा सहभागी बनेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे