२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १८ असार | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता फेरबदल हुन लागेको बताएका छन् । गृहमन्त्री लामिछानेले कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो भनेर प्रश्न समेत गरेका छन्।
सिंहदरबारमा भएको पार्टी सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुमाझ उनले यस्तो बताएका हुन्। भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन लागेको र आफूले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नदिएको लामिछानेले आरोप लगाए ।
उनले भने, तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र ? ,’ सुशासनका लागि केही मानिसहरु पक्राउ गर्दा देशलाई संकट नपर्ने र नेपाली जनताले यसलाई राम्रोसँग बुझेर मूल्याङ्कन गर्ने उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे