२०८१ अषाढ २४, सोमबार
काठमाडौं, असार ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् ।
नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन् ।
उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो । हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो । हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन् । हामीलाई नाइट गेमको बानी पनि थिएन । टी–२० खेलहरु राति मात्र हु्न्छन् । हामीले त्यसरी खेलेका थिएनौं । नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ ।’
दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको उनले स्वीकारेका छन् । कप्तान रोहितले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै कप्तान पौडेलले खेलाडीलाई इंगत गरि गाली नगरीदिन क्रिकेट समर्थकहरुलाई आग्रह गरे । आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको थियो । दुई समूहमध्ये पहिलो समूह आज बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे आइपुगेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे