२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १९ असार | राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् ।
बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्विकार गरेको बताए । बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गरेको सहप्रवक्ता मनिष झाले बताए।
उनले कने , ‘महामन्त्रीज्यूले प्रतिवेदन गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उहाँकै उपस्थितिमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो ।’
ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे