२०८१ अषाढ २१, शुक्रबार
काठमाडौँ, १२ असार ।एन्लाइटन इन्टरनेशनल एजुकेशनले २०२४ जुन ३० मा एन्लाइटन परिसरमा बहुप्रतीक्षित स्टडी एब्रॉड बूटक्याम्प २.०: आयोजना हुने भएको छ।
अमेरिका, क्यानडा छात्रवृत्ति दिवसको घोषणा गर्न पाउँदा उत्साहित भएको छ। यो कार्यक्रम अमेरिकामा र क्यानडामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि एक सुनौलो अवसर प्रस्तुत गर्दछ। सहभागीहरूले अमेरिकाका र क्यानडाका शीर्ष विश्वविद्यालयका थुप्रै प्रतिनिधिहरूसँग एउटै छानामुनि भेट गर्ने मौका पाउनेछन्।
उनीहरूले आफ्नो शैक्षिक यात्रामा सहयोग पुर्याउन १००% सम्मको छात्रवृत्ति सुरक्षित गर्न सक्नेछन्, विश्वविद्यालय आवेदन शुल्कमा ५०-१००% छुट लिन सक्नेछन्, र प्रोसेसिंग शुल्कमा ५०-१००% छुटको फाइदा उठाउन सक्नेछन्। थप रूपमा, विश्वविद्यालय प्रतिनिधिहरूबाट तत्काल मूल्यांकन र प्रतिकृया प्राप्त गर्न सकिनेछ।
विद्यार्थीहरूले IELTS र PTE अध्ययनमा पनि ५०-१००% छुट पाउनेछन् र रोमाञ्चक सरप्राइज गिफ्ट हम्पर्स जित्ने मौका पाउनेछन्। यो कार्यक्रमले विद्यार्थीहरूलाई धेरै विश्वविद्यालयहरूको अन्वेषण गर्न, महत्वपूर्ण छात्रवृत्ति सुरक्षित गर्न, र अमेरिकामा र क्यानडामा अध्ययन गर्ने आफ्नो सपनातर्फ महत्वपूर्ण कदम चाल्न सहयोग गर्दछ। कार्यक्रम २०२४ जुन ३० मा बिहान ११:०० बजे देखि दिउँसो ४:०० बजेसम्म एन्लाइटन परिसरमा हुनेछ।
कार्यक्रममा दर्ता गर्न वा थप जानकारीको लागि, कार्यलयको वोभसाइटमा क्लिक गर्न आयोजकले अनुरोध गरेको छ।। छात्रवृत्ति र विशेष प्रस्तावहरूको साथमा आफ्नो शिक्षा र करियरलाई अघि बढाउन यो सुनौलो अवसर नछुटाउन पनि अनुरोध गरेको छ।
प्रबन्ध निर्देशक दीपक राज भुषाल र कार्यकारी निर्देशक सीता भट्टराईले सबै विद्यार्थीहरूलाई यस अवसरलाई समात्न र विदेशमा अध्ययन गर्न छात्रवृत्ति सुरक्षित गर्न हार्दिक निमन्त्रणा गरेका छन्। एन्लाइटन इन्टरनेशनल एजुकेशन बागबजार-२८, काठमाडौं, नेपालमा अवस्थित छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे