२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १९ असार | रोमानियालाई हराउँदै नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३(० ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
२०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे । गएराति नैं भएको अर्को खेलमा अष्ट्रियालाई २–१ ले हराउँदै टर्की पनि क्वार्टरफाइनलमा पुगेको हो ।
खेलमा टर्कीका मेरिह डिमाइरलले दुई गोल गरे । अष्ट्रियाका लागि मिचेल ग्रेगोरिचले एक गोल फर्काए । नेदरल्याण्ड्स र टर्की युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे