२०८१ अषाढ २४, सोमबार
काठमाडौं,असार २०। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो धारण दिएका हुन् ।
महामन्त्री थापाले वर्तमान सरकारले बहुमत गुमाइसकेका कारण पदबाट राजीनामा दिन उचित रहेको बताए । उनले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको समेत बताए । महामन्त्री थापाले कांग्रेसले कसैलाई देखाउन नभई देश र जनताका लागि संविधान निर्माण गरेको स्पष्ट पारे।
उनले सबैको स्वतन्त्रता,धार्मिक, सांस्कृतिक स्वतन्त्रता,समावेशी लोकतन्त्र, समावेशी प्रतिनिधित्व लगायतका सबै विषयलाई थप सुदृढ पार्न मात्रै संविधानको पुनरावलोकन गर्न लागिएको बताए । आफ्नो इच्छा नभए पनि पार्टी निर्णय मान्नु पर्ने परिस्थिति रहेको उनले बताए । चार वर्ष पार्टी सरकारमा जान नहुने धारणामा आफू प्रतिबद्ध रहे पनि पार्टीको निर्णय गरेपछि मान्नु परेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे