२०८१ अषाढ २४, सोमबार
काठमाडौं,असार २०। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा। मुकुल ढकाललाई निलम्बन गर्न आफूले पनि हस्ताक्षर गरेको बताएकी छन्। महामन्त्री डा। मुकुल ढकालको निलम्बन गर्न आफूले हस्ताक्षर नगरेको भन्दै भ्रामक समाचार आएको भन्दै उनले उक्त समाचारमा ध्यानाकर्षण पत्र सार्वजनिक सहित खण्डन गरेकी हुन्।
‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
‘सञ्चारमाध्यममा रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ, महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु सांसद डाँगीद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख रहेको छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे