२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ ,१९ असार | नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने बताएका छन् ।
बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारण व्यक्तm गरेका हुन् । डा। कोइरालाले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत ब्यक्त गरे ।
कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेकाले यो सहमतिले देश समृद्धितर्फ अगाडि बढाउने बताए । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाले बताए । उनले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको सरकार बन्ने दाबी समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे