२०८१ अषाढ २१, शुक्रबार
काठमाडौँ, असार १३ । एसइईको नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७।८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाछन्। परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् ।
यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । एसईईको नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्। बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा फेल भएका छन् भने त्यसपछि विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थी फेल भएका छन्।
विज्ञान विषयमा १ लाख २६ हजार ९३३ विद्यार्थी फेल भएको बोर्डको तथ्याङ्कले देखाउँछ । एसइईमा दुई विषयमा नन ग्रेडिङ ९एनजी० आएका विद्यार्थीहरूले एक महिनापछि पुरक परीक्षा दिन पाउने भएका छन्। एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने परीक्षा बोर्डले जानकारी दिएको छ। उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ। बोर्डका अनुसार ननग्रेडिङ ९एनजी० हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे