२०८१ अषाढ २५, मंगलबार
काठमाडौँ, २१ असार ।नभिटासले युनिभसीर्टी अफ पोस्टमाउथ र इन्टरनेसनल कलेज पोस्टमाउथ को सहकार्यमा एजेन्टमिट कार्यक्रम सम्पन्न गरेको छ । जुलाई ४ तारिकका दिन आयोजना गरिएको उक्त एजेन्ट मिटमा एजेन्टहरूलाई विश्वविद्यालयको उपलब्ध कोर्स फयासीलीटीज, अप्लाई प्रोसेस, फि स्ट्रक्चर तथा अध्ययन पश्चात् विभिन्न अवशरहरूको बारेमा जानकारी गराइएको थियो ।
उक्त एजेन्ट मिट प्रोग्राममा युनिभसीर्टी अफ पोस्टमाउथका रिजनल रिक्रृप्मेन्ट एडभाइजर अनामिका सक्सेनाले विभिन्न शैक्षिक कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो । त्यस्तै उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक सहयोग पु¥याउने छात्रवृत्तिहरूको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
युनिभर्सिटी पार्टनरसिप युरोपका लागि स्टुडेन्ट रिक्रृप्मेन्ट म्यानेजर मनिष थापाले, नेविटासले एजेन्टहरूलाई युरोपभरि साझेदार विश्वविद्यालयहरूको व्यापक नेटवर्कको बारेमा जानकारी दिनुभयो। उनले शैक्षिक र सामाजिक सफलताको सुनिश्चितामा जोड दिँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उपलब्ध फाइदाहरू र शैक्षिक मार्गहरूबारे प्रष्ट पारे ।
त्यस्तै गरि कार्यक्रममा स्टुडेन्ट रिक्रृप्मेन्ट म्यानेजर केजिया हलले इन्टरनेसनल कलेज पोस्टमाउथको विभिन्न पक्षहरूको बारेमा प्रकाश पार्दै उपस्थिति सम्पूर्ण एजेन्टहरूमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको लागी अनुरोध गर्नु भयो ।
कार्यक्रममा नभिटासकि रिजनल डाइरेक्टर नेपाल भुटान, सृष्टि भट्टराईले उपस्थित सम्पूर्ण एजेन्टहरूमा हाल सम्मको सहयोगको लागी कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि सहयोगको लागी अनुरोध गर्दै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे