२०८१ अषाढ २४, सोमबार
काठमाडौँ, ९ माघ ।मध्यपहाडी यात्राको क्रममा एमालेले प्राप्त गरेका जनताका माग र समस्याहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाइएको छ। १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग रहेका छन्।
जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषयहरु रहेका छन्।
पुर्व प्रधानमन्त्रि के पि शर्मा ओलीबाट प्रधानमन्त्रीलाई यस्ता मागहरु दराजमा थन्क्याएर नराख्नुहोला समेत भनिएको बुझिएको छ।
प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गरिएको भनिएको छ।
यी माग पूरा गर्न एवं निरन्तर फलोअप गर्न पार्टिले पूर्व अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको बुझिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे