२०८१ अषाढ २४, सोमबार
काठमाडौं,असार २१। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइई पूरक परीक्षा तयारीमा रहेका विद्यार्थीहरूलाई आफूलाई नाम र फोन नम्बर पठाउन आग्रह गरेका छन्। उनले अनलाइन कक्षा लिन चाहने विद्यार्थी भाइबहिनीहरूले नाम र मोबाइल नम्बर म्यासेज बक्समा पठाउन भनेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले एसइईको पूरक परीक्षा तयारीका लागि कक्षा लिन नाम र फोन नम्बर पठाउन आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले लेखेका छन्, “एसईईको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि मैले अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने घोषणा गरेको थिएँ। करिब एक हजार विद्यार्थी भाइबहिनीहरूले हिजैदेखि कक्षा लिन थाल्नु भएको छ। कक्षा लिन चाहनुहुने विद्यार्थी भाइबहिनीहरूले मलाई नाम र मोबाइल नम्बर म्यासेज बक्समा पठाउनुहोला। तपाईहरुको पढाइ राम्रो होस्। ”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे