२०८१ अषाढ २४, सोमबार
काठमाडौं,असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।
शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ ।
नेकपा ९एमाले० ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे