२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १८ असार | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ। परिवर्तित राजनीतिक परिस्थितिको समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको सो राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
बैठक मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा सहमति भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे