२०८१ अषाढ २१, शुक्रबार
काठमाडौँ, असार १३ । एसइईको नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिए । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् ।
सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६।२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे