२०८१ अषाढ २१, शुक्रबार
काठमाडौं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गर्न आँटेको छ । बोर्डको अन्तिम बैठक बसेर बिहीबार नतिजा प्रकाशन गर्ने निर्णय गर्ने तयारी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
पौडेलका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिकाको अंक रुजु गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए।
यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन्। नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६।२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।
यसरी हेर्नुहोस् एसईईको नतिजा ः
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे