२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १९ असार | नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ कायम रहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँ बढेको हो । आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भइरहेको चाँदी आज २० रूपैयाँले बढेर प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे