२०८१ अषाढ २४, सोमबार
काठमाडौँ, १३ असार । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ८०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले घटेर १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे