२०८१ अषाढ २५, मंगलबार
काठमाडौं,असार २०। नेपाली बजारमा बिहीबार आज सुन–चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको छ ।
हिजो ( बुधबार ) छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएकोमा आज एक हजार छ सय रूपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे