२०८१ अषाढ २१, शुक्रबार
काठमाडौ , १९ असार | साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा बृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ रुपियाँ बाट बढेर २६ रुपियाँ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० रुपियाँ कायम भएको छ ।त्यस्तै भानू नुनको एक किलोको मूल्य नौ रुपियाँ कायम गर्ने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे