२०८१ अषाढ २५, मंगलबार
काठमाडौं,असार २१। नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।
आज ( शुक्रबार) महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको र यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताए ।
उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने समेत बताए ।
अध्यक्ष नेपालले भने , ‘‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । । हाम्रो पार्टीहरुको बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरुले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौं ।’’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे