२०८१ अषाढ २५, मंगलबार
काठमाडौं,असार २०। एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन ध्यानाकर्षण गरेको छ। बिहीबार एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरे।
दाहाल नेतृत्वको सरकारलाई आफूहरूले दिएको समर्थन फिर्ता लिइसकेको र मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेको हुनाले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन ध्यानाकर्षण गरेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले बुधबारै प्रधानमन्त्रीलाई राजीनामा बुझाइ सकेका छन् । एमालेले प्रधानमन्त्री प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सामेल हुन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे