• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

९ सेकेण्ड अघि
२

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

१९ मिनेट अघि
३

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

५९ मिनेट अघि
४

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

१ घण्टा अघि
५

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

१ घण्टा अघि
६

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

२ घण्टा अघि
७

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

२ घण्टा अघि
८

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

२३ घण्टा अघि
९

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२३ घण्टा अघि
१०

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
११

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
१२

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलबार (१ महिना अघि)

सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

  • 1,118 Views
  • काठमाडौं । नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व रहेका सार्वजनिक संस्थानहरूको लेखापरीक्षणले संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, सम्पत्ति संरक्षण र जवाफदेहिताका क्षेत्रमा गम्भीर कमजोरीहरू उजागर गरेको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा पूर्ण स्वामित्व भएका ४४ संस्थाका ५४ आर्थिक वर्ष तथा अधिकांश स्वामित्व भएका ४० संस्थाको लेखापरीक्षण सम्पन्न गर्दै सार्वजनिक संस्थानहरूको सञ्चालन प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएको हो।

    लेखापरीक्षण प्रतिवेदनअनुसार अधिकांश संस्थामा सहायक कम्पनीका सञ्चालक नियुक्ति नेपाल सरकारसँग आवश्यक समन्वय नगरी गरिएको पाइएको छ। सरकारी लगानी भएका संस्थाले सहायक कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व र नियुक्तिको स्पष्ट नीतिगत व्यवस्था नहुँदा संस्थागत निर्णय प्रक्रियामा एकरूपता कायम हुन नसकेको उल्लेख गरिएको छ। साथै, सञ्चालक समितिले लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने तथा संस्थागत निर्णयमा सक्रिय भूमिका निर्वाह नगर्दा संस्थागत सुशासन कमजोर बनेको निष्कर्ष निकालिएको छ।

    प्रतिवेदनले सार्वजनिक संस्थानका सञ्चालकहरूको पारिश्रमिक र सुविधा सम्बन्धित संस्थाले आ–आफ्नै ढंगले निर्धारण गर्ने अभ्यास रहेको उल्लेख गर्दै सबै सरकारी स्वामित्वका संस्थामा एकरूपता कायम गर्न नेपाल सरकारले नै पारिश्रमिक तथा सेवा–सुविधा निर्धारण गर्ने कानुनी व्यवस्था आवश्यक रहेको सुझाव दिएको छ।

    सरकारी लगानीको स्वामित्व संरचनामा पनि स्पष्ट नीति अभाव रहेको प्रतिवेदनमा उल्लेख छ। कुन क्षेत्रमा सरकारको सेयर वा ऋण लगानी हुने, सहायक कम्पनी स्थापना गर्दा अपनाउनुपर्ने मापदण्ड तथा सर्वसाधारणलाई सेयर निष्कासन गर्दा सरकारी लगानीमा पर्ने प्रभावबारे पर्याप्त अध्ययन नगरेको महालेखाले जनाएको छ। एउटै नेपाल सरकारका विभिन्न मन्त्रालयले एउटै संस्थामा छुट्टाछुट्टै सेयर स्वामित्व राख्ने अभ्यासलाई समेत नीतिगत रूपमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ।

    वित्तीय प्रतिवेदनतर्फ पनि धेरै संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) अनुरूप वित्तीय विवरण तयार नगरेको पाइएको छ। गुठी संस्थान, कानुन किताब व्यवस्था समिति लगायत आठ संस्थाले तोकिएको लेखामान पालना नगरेको, धेरै संस्थामा लेखा प्रणाली पूर्ण रूपमा सफ्टवेयरमा आधारित नभएको, लेखा नीति, कर्मचारी दायित्व, मूल्यह्रास तथा अन्य वित्तीय दायित्वको यथार्थ मूल्याङ्कन नगरेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय विवरणलाई थप पारदर्शी, विश्वसनीय र पूर्ण बनाउन आवश्यक सुधार गर्न महालेखाले सुझाव दिएको छ।

    प्रतिवेदनले सार्वजनिक संस्थानहरूको वित्तीय व्यवस्थापन पनि सन्तोषजनक नरहेको जनाएको छ। तलब, भत्ता र प्रशासनिक खर्च निरन्तर बढ्दै जाँदा आम्दानीको तुलनामा खर्चको भार अत्यधिक भएको, कर्मचारीको उत्पादकत्व न्यून रहेको तथा लामो समयदेखि घाटामा सञ्चालन भइरहेका संस्थाको पुनर्संरचना र सुदृढीकरणमा प्रभावकारी पहल हुन नसकेको उल्लेख गरिएको छ। सरकारको लगानीबाट प्राप्त प्रतिफल, संस्थाले सार्वजनिक सेवा र अर्थतन्त्रमा पुर्‍याएको योगदानको नियमित मूल्याङ्कनसमेत नभएको प्रतिवेदनले औँल्याएको छ।

    सम्पत्ति व्यवस्थापनमा पनि व्यापक कमजोरी देखिएको छ। धेरै संस्थाले जग्गा तथा अन्य सम्पत्तिको अभिलेख अद्यावधिक नगरेको, स्वामित्व विवाद समाधान नगरेको, प्रयोगविहीन सामग्री लिलाम नगरेको तथा सूचना प्रविधि प्रणालीको मूल्याङ्कन, साइबर सुरक्षा र नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिएको प्रतिवेदनमा उल्लेख छ।

    जवाफदेहिताको पक्षमा पनि संस्थाहरू कमजोर देखिएको महालेखाको निष्कर्ष छ। धेरै संस्थाले लक्ष्यअनुसार प्रगति हासिल नगरेको, नेपाल सरकारलाई बुझाउनुपर्ने साँवा, ब्याज, लाभांश तथा अन्य दायित्व समयमै भुक्तानी नगरेको, असुल गर्नुपर्ने रकम उठाउन नसकेको तथा प्रतिस्पर्धाविहीन खरिद प्रक्रिया अपनाएको पाइएको छ।

     लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनमा समेत संस्थाहरू गम्भीर नरहेको जनाएको छ। लेखापरीक्षण ऐन, २०७५ अनुसार प्रतिवेदन कार्यान्वयन सम्बन्धित पदाधिकारीको जिम्मेवारी भए पनि अधिकांश संस्थाले बेरुजुको अभिलेख नै व्यवस्थित नराखेको र अघिल्ला वर्षमा औँल्याइएका कमजोरी दोहोरिँदै आएको प्रतिवेदनमा उल्लेख छ। महालेखाले बेरुजुको अभिलेख व्यवस्थित गरी लेखापरीक्षणका सुझाव समयमै कार्यान्वयन गर्न सबै सार्वजनिक संस्थानलाई आग्रह गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    ९ सेकेण्ड अघि

  • २

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    १९ मिनेट अघि

  • ३

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    ५९ मिनेट अघि

  • ४

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    १ घण्टा अघि

  • ५

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    १ घण्टा अघि

  • ६

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    २ घण्टा अघि

  • ७

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    २ घण्टा अघि

  • ८

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    २३ घण्टा अघि

  • ९

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २३ घण्टा अघि

  • १०

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution