
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले पाँचौँ चरणको मानवीय सहायता नेपाल पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत विशेष विमानबाट पाँचौँ चरणको राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका हुन्।
भारतबाट पठाइएको यस खेपमा विशेष उद्धार उपकरणसहितको ११ सदस्यीय उद्धार टोली तथा ५.५ टन अत्यावश्यक औषधि रहेको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन उक्त सहयोग परिचालन गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे