• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

३ घण्टा अघि
२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

४ घण्टा अघि
३

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
४

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
५

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
६

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
७

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
८

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
९

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१ दिन अघि
१०

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१ दिन अघि
११

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१ दिन अघि
१२

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख ३०, बुधबार (३ महिना अघि)

नेपाल कृषि अनुसन्धान परिषद्को स्रोत साधन उपयोगमा कमजोरी, अनुसन्धान प्रणाली सुधार गर्न सुझाव

  • 2,756 Views
  • काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अन्तर्गत स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ विभिन्न अनुसन्धान तथा प्रविधि विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । परिषद् र मातहतका अनुसन्धान केन्द्रहरू मार्फत कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिए पनि पछिल्ला वर्षमा यसको कार्यसम्पादन, वित्तीय व्यवस्थापन तथा संरचनागत अवस्थाबारे विभिन्न प्रश्न उठ्दै आएका छन् ।

    परिषद्को आयव्यय  आ.व २०८०/८१ विवरण अनुसार बिक्री तथा सेवा शुल्क, अनुदान र अन्य स्रोतबाट जम्मा करिब ३ अर्ब ९ करोड ४४ लाख रुपैयाँ आम्दानी भएको छ । सोही अवधिमा प्रत्यक्ष सञ्चालन खर्च, कर्मचारी खर्च तथा अन्य खर्च गरी करिब २ अर्ब ९३ करोड ४ लाख रुपैयाँ खर्च भएको देखिएको छ । यसरी परिषद्ले करिब १६ करोड ४० लाख रुपैयाँ बचत गरेको भए पनि उक्त रकम पूर्ण रूपमा सञ्चालनमा प्रभावकारी रूपमा उपयोग भएको वा नभएको विषयमा समीक्षा आवश्यक देखिएको छ ।

    परिषद्को विभिन्न खातामा उल्लेखनीय मात्रामा मौज्दात रकम रहेको देखिए पनि ती रकमहरू नियमित बजेट प्रणालीमा समावेश नगरी निष्क्रिय रूपमा राखिएको पाइएको छ । केन्द्र तथा अन्तर्राष्ट्रिय मुद्रामा रहेका नन अपरेटिभ खाता तथा धरौटी खातामा रहेको ठूलो रकम संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने विषय विगतदेखि नै औँल्याइए पनि कार्यान्वयन कमजोर देखिएको छ । यसले सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा प्रश्न उठाएको छ ।

    परिषद्को जनशक्ति व्यवस्थापन पक्ष पनि कमजोर देखिएको छ । कुल १ हजार ८ सयभन्दा बढी दरबन्दीमध्ये आधा मात्र पदपूर्ति भएको छ । वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक तहमा कर्मचारी अभावका कारण अनुसन्धान कार्यमा प्रत्यक्ष असर परेको लेखापरीक्षणमा उल्लेख छ । विशेषगरी वैज्ञानिक तथा प्राविधिक अधिकृतको रिक्तताले अनुसन्धानको गुणस्तर र प्रभावकारितामा कमी आएको देखिन्छ ।

    यसैबीच परिषद्ले स्रोत बीउ, बेर्ना तथा अन्य कृषि सामग्री उत्पादन गर्दै किसान तथा अनुसन्धान कार्यमा प्रयोग गर्दै आएको छ । आ.व २०८०/८१ अनुसार अन्नबाली, पशुजन्य उत्पादन, मत्स्य तथा अन्य क्षेत्रमा निर्धारित लक्ष्यभन्दा बढी उत्पादन भएको भए पनि आलुको प्रि-बेसिक बीउ र कुखुराको चल्ला उत्पादन लक्ष्यअनुसार हुन नसकेको देखिएको छ । यसले उत्पादन योजना र कार्यान्वयनबीच तालमेल कमजोर रहेको संकेत गर्छ ।

    प्रतिवेदनले परिषद्को प्रशासनिक नेतृत्वमा बारम्बार हुने परिवर्तन, अनुसन्धान नियमनको कमजोरी तथा बौद्धिक सम्पत्ति संरक्षण प्रणालीको अभावलाई गम्भीर समस्याका रूपमा औँल्याएको छ । अनुसन्धान जस्तो दीर्घकालीन र प्राविधिक क्षेत्रमा स्थिर नेतृत्व आवश्यक भए पनि बारम्बार नेतृत्व परिवर्तन हुँदा संस्थागत निरन्तरता प्रभावित भएको देखिन्छ ।

    यसैगरी परिषद्ले सञ्चालन गर्ने अनुसन्धान, छात्रवृत्ति तथा मानव संसाधन विकास कार्यक्रमहरू पनि अपेक्षाकृत प्रभावकारी नभएको उल्लेख गरिएको छ । विदेश तथा स्वदेशमा अध्ययनका लागि पठाइएका केही कर्मचारी अध्ययन पूरा गरेपछि फर्किन नआएको र उनीहरूमाथि कानुनी कारबाही तथा रकम असुली प्रक्रिया प्रभावकारी रूपमा अघि नबढाइएको पाइएको छ ।

    परिषद्को आन्तरिक वित्तीय व्यवस्थापनमा पनि कमजोरी देखिएको छ । आन्तरिक आयलाई बजेट प्रणालीमा समावेश नगरी छुट्टै खातामा राखिएको र सो रकम निष्क्रिय अवस्थामा रहेको उल्लेख गरिएको छ । अनुसन्धान तथा विकास खर्च नेपाल सरकारको स्रोतबाट व्यहोर्दै आएको अवस्थामा आन्तरिक स्रोतको उपयोगमा स्पष्ट नीति र पारदर्शिता आवश्यक देखिएको छ ।

    यसैगरी कृषि अनुसन्धानलाई राष्ट्रिय स्तरमा समन्वय गर्ने, दोहोरो अनुसन्धान रोक्ने तथा एकीकृत प्रणाली विकास गर्ने विषयमा पनि अपेक्षित प्रगति हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । विभिन्न विश्वविद्यालय तथा निकायहरूले छुट्टाछुट्टै रूपमा अनुसन्धान गर्दा स्रोत, समय र श्रम दोहोरो रूपमा खर्च भइरहेको देखिन्छ ।

    समग्रमा परिषद्को वित्तीय व्यवस्थापन, जनशक्ति योजना, अनुसन्धान प्रणाली, प्रशासनिक स्थिरता तथा नीति कार्यान्वयनमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ । कृषि अनुसन्धानलाई प्रभावकारी बनाउन संरचनागत सुधार, पारदर्शिता वृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा अनुसन्धानको एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकता प्रतिवेदनले स्पष्ट पारेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    ३ घण्टा अघि

  • २

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    ४ घण्टा अघि

  • ३

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • ४

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ५

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ६

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ७

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ८

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • ९

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १ दिन अघि

  • १०

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution