
काठमाडौं, २३ असोज । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति अझै तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण आयोजना गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार भ्रमणको मिति भने अहिलेसम्म निश्चित भएको छैन।
प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए। दुवै देशलाई अनुकूल हुने समय निर्धारण भएपछि भ्रमणको मिति सार्वजनिक गरिने उनको भनाइ छ।
यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आपसी हित तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी कार्यसूची तयार पार्ने काम भइरहेको जनाएको थियो।
प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणबाहेक अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा तिनका कार्यसूची निर्माणमा समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे