
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतीय प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको हो। यद्यपि, पक्राउको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
मलेसियामा नेपाली कामदार पठाउने क्रममा गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाएको आरोप अर्यालमाथि लागेको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीले अर्याल भारतबाट पक्राउ परेको जानकारी आएको पुष्टि गर्दै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन्।
यसअघि मलेसिया प्रकरणमै प्रहरीले तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ। उनीहरूमाथि ठगी तथा संगठित अपराधको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे