
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता कान्छाराम तामाङविरुद्ध दायर चेक अनादरसम्बन्धी मुद्दामा आज जिल्ला अदालत लमजुङमा सुनुवाइ हुने भएको छ। पूर्णबहादुर तामाङका नामले चिनिने कान्छाराममाथि व्यावसायिक कारोबारको रकम भुक्तानी नगरेको र खातामा पर्याप्त पैसा नभए पनि चेक दिएको आरोप लागेको छ।
कान्छाराम नाना जेभीका सञ्चालक तामाङसहित दुई जनाविरुद्ध लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक रेवन श्रेष्ठले अदालतमा मुद्दा दायर गरेका हुन्। पीडित पक्षका अनुसार पटक–पटक रकम माग्दा पनि तामाङले भुक्तानी गरेका थिएनन्। बरु खातामा पैसा नभएको चेक दिएर झुक्याएको आरोप लगाइएको छ।
रकम असुल गर्न कानुनी प्रक्रिया अघि बढाएको पीडित पक्षले बिगो रकम फिर्ता गराउन र दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ। कांग्रेसभित्र देउवा समूहमा सक्रिय तामाङविरुद्धको आर्थिक विवाद अहिले अदालत पुगेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे