
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँका विभिन्न स्थानमा रहेका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।
मन्त्री चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रमा पुगेर भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता तथा गुणस्तर र खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी हुन् ।
मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था बुझ्ने उद्देश्यले उनले अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । त्यसका लागि ऐनको प्रभावकारी कार्यान्वयनसँगै मासु उत्पादन, प्रशोधन र भण्डारणका क्रममा तोकिएका मापदण्डको पूर्ण पालना हुनुपर्ने उनको भनाइ थियो ।
मासुजन्य वस्तुको गुणस्तर र खाद्य सुरक्षामा कुनै पनि सम्झौता हुन नहुने भन्दै उनले सम्बन्धित निकायले नियमित अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे