
काठमाण्डौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आज नेपाल फर्कँदैछ। रास्वपाका महामन्त्रीको नेतृत्वमा रहेको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमण गरेको हो।
भ्रमणका क्रममा नेपाली टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्दै दुई देशबीच सहकार्यका सम्भावनाबारे छलफल गरेको थियो। सीपीसीका वरिष्ठ नेता ली शुलेई र रास्वपाका महामन्त्रीबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो।
टोलीले छेन्दु, हाङझाउ र बेइजिङका विश्वविद्यालय, उद्योग, व्यापारिक क्षेत्र तथा सांस्कृतिक स्थलहरूको भ्रमण गरेको थियो। वेनचुआनमा भूकम्पपछि पुनर्निर्माण र प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउने कामबारे पनि जानकारी लिएको थियो।
चिनियाँ निजी क्षेत्रसँग नेपाली उत्पादनको बजार विस्तार र नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, युवा सीप विकास र विपद् व्यवस्थापनमा भएका छलफललाई अघि बढाउन पहल गर्ने पार्टीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे