
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ थियो। एक दिनमै सुन र चाँदी दुवैको मूल्य बढेपछि ग्राहकले अघिल्लो दिनभन्दा बढी रकम खर्च गर्नुपर्ने भएको छ।
यसरी सुन र चाँदीको मूल्यमा दैनिक उतारचढाव हुँदा गहना किन्ने ग्राहक र सुनचाँदी व्यवसायी दुवै प्रभावित हुने गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे