
काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन्।
दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन बुझाएका हुन्।
सरकारले प्रधानमन्त्रीसँग सम्बन्धित गोप्य सूचना इनम सापकोटालाई दिएको आरोपमा असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो। सापकोटा पक्राउ परेपछि उनको मोबाइलमा दाहालसँग सम्पर्क भएको देखिएको स्रोतले जनाएको छ।
निलम्बनपछि सरकारले एआईजी अञ्जनीकुमार पोखरेललाई घटनाको छानबिन गर्न जिम्मेवारी दिएको थियो। छानबिनपछि पदीय आचरणविपरीत काम गरेको ठहर गर्दै सरकारले असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो। अब दाहालले सरकारको उक्त निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे