
काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ। पछिल्लो केही दिनदेखि घटिरहेको सुनको मूल्यले बिहीबार पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ३ हजार ७२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे