
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको हो।
राष्ट्रपतिको कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी नियुक्त भएका हुन्।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। त्यसैगरी, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास तथा डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे