
काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दैछ। उनको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो। त्यसपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।
सरकारको निर्णय गैरकानुनी भएको र आफूलाई अन्याय परेको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन्। तिहार र छठको बिदापछि अदालत खुलेसँगै उनको रिटमाथि सुनुवाइको मिति तोकिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे