
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो ८०३ ग्रामभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको टोलीले मंगलबार राति १ बजेर २५ मिनेटमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई पक्राउ गरेको हो।
उनी हङकङबाट नेपाल वायुसेवा निगमको आरए ४१० नम्बरको उडानमार्फत काठमाडौं आएका थिए। विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरिसकेपछि उनलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद सुन र पक्राउ परेका वाङलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे