
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा जाने सरकारी टोली सानो र सीमित बनाइने भएको छ। सुरुमा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) भारत जाने चर्चा गरिएको थियो । तर, अब अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल मात्रै भ्रमणमा सहभागी हुन तय भएको स्रोतले जनाएको छ ।
सुरक्षा र प्रोटोकलमा खटिने कर्मचारीबाहेक करिब २५ जना मात्र भ्रमणमा सहभागी हुने तयारी गरिएको छ। भ्रमणमा प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्री मात्र भारत जाने स्रोतले जनाएको छ। यसअघि सहभागी हुने भनिएका सांसदहरूलाई पनि भ्रमण टोलीबाट हटाइएको छ।
प्रधानमन्त्री शाह भारतमा करिब २५ घण्टा रहनेछन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेट गर्ने तयारी छ।
भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री शाह दिल्लीस्थित ताजमहल होटलमा बस्नेछन्। सञ्चारकर्मी र व्यवसायी भने आफ्नै खर्चमा छुट्टै टोली बनाएर भारत जाने तयारीमा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे