
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
पछिल्लो समय सुन र चाँदी दुवैको मूल्यमा उतारचढाव देखिएको छ। यसले गहना किन्ने ग्राहक र व्यवसायीलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे