
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित उपस्थित नभएको र स्वीकृतिबिना बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयका अनुसार सेवाबाट हटाइएका सबै नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी हुन्। उनीहरूमध्ये छ जना लामो समयदेखि कार्यालयमा उपस्थित नभएको र एक जना अनुमति नलिई बिदामा बसेको पाइएपछि कारबाही गरिएको हो।
कार्यालयमा नियमित हाजिर नभएको भन्दै पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।
सरकारी नियमअनुसार काममा उपस्थित नभएको र स्वीकृतिबिना बिदामा बसेको भन्दै मन्त्रालयले उनीहरूमाथि कारबाही गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे