
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब ८ः३५ बजे दुर्घटनामा परेको हो। घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा जिप सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले सबै घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। अस्पतालमा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे