
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फन्डअन्तर्गत छैटौँ योजना ‘सिटिजन्स सुपर ५०’ सार्वजनिक निष्कासन गरेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्द्धनमा सञ्चालन हुन लागेको उक्त योजनाको सार्वजनिक निष्कासन मंसिर २ गतेदेखि खुला भएको छ।
दस वर्षे अवधिको उक्त सामूहिक लगानी योजनाले वार्षिक औसत करिब १५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ। यद्यपि, उक्त प्रतिफल अनुमानित प्रक्षेपणमा आधारित रहेको र वास्तविक प्रतिफल बजारको अवस्था तथा लगानीको प्रदर्शनअनुसार फरक पर्न सक्ने कम्पनीले जनाएको छ।
सिटिजन्स क्यापिटलले यसअघि सञ्चालन गरेका दुईवटा परिपक्व योजनाको प्रतिफल विवरण पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सात वर्षे अवधिमा परिपक्व भएको सिटिजन्स म्युचुअल फन्ड–१ ले वार्षिक औसत १२ प्रतिशत तथा सिटिजन्स म्युचुअल फन्ड–२ ले १०.४० प्रतिशत प्रतिफल दिएका छन्।
अघिल्ला योजनाबाट प्राप्त प्रतिफलको अनुभवका आधारमा कम्पनीले नयाँ योजनामा करिब १५ प्रतिशत वार्षिक औसत प्रतिफलको प्रक्षेपण गरेको छ। तर, उक्त प्रतिफल सुनिश्चित वा प्रत्याभूत भने गरिएको छैन।
सिटिजन्स सुपर ५० मा लगानी गर्न इच्छुक लगानीकर्ताले मेरो सेयरमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे