
काठमाडौं। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले भट्टराईलाई चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकको असोज २७ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका अनुसार उनको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ।
भट्टराई यसअघि सोही बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कर्जा अधिकृतका रूपमा कार्यरत थिए। बैंकको उच्च व्यवस्थापन तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएका भट्टराई अब प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकको समग्र व्यवस्थापन तथा व्यावसायिक नेतृत्वमा रहनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे