• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

९ घण्टा अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

९ घण्टा अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

९ घण्टा अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१0 घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१0 घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

११ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

११ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

१२ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

१२ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

१२ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१३ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (५ साल अघि)

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

  • 12,770 Views
  • चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो ।

    जिल्लामा सङ्क्रमित बढे पनि व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने आवाज चर्को बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले समाजभन्दा प्रशासक अलग्गै जान नसक्ने भएपनि समाजको आवाजलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको बताए । सरकारले गरेको अनुरोधलाई सर्वसाधारणले पूर्ण पालना गरेमा सङ्क्रमण फैलिन नपाउने उनको भनाइ छ । सर्वसाधारणले वेवास्ता गरेमा भने सङ्क्रमण बढ्न सक्ने चिन्ता उनले व्यक्त गरे ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी ६ महिनाको लकडाउनको परीक्षणपछि नयाँ ढङ्गको परीक्षण शुरु भएको बताउँछन् । तिवारीले भने, “एउटा चरणमा पूर्ण लकडाउन गरियो । समुदायमा जानबाट रोकिएको पनि हो । बीचमा लकडाउन केही खुकुलो हुँदा समुदायमा फैलियो ।” पूर्ण लकडाउन गरेरै सङ्क्रमण रोक्न सकिन्छ भन्ने हाम्रो आवाज मधुरो बन्दै गएको र अब खोल्नुपर्छ भन्ने आवाजले जित्दै गएपछि खुकुलो भएको उनको कथन छ । अब कोरोनासँग ‘लिभिङ टुगेदर’ गरेरै अघि बढ्नु पर्ने उनले सुझाए ।

    स्वास्थ्य कार्यालयले पनि अब सङ्क्रमण रोक्न भन्दा पनि मृत्यु हुन नदिनेतर्फ पहल गर्ने उनको भनाइ छ । तिवारीले भने, “अब हामी सिकिस्त बिरामी र लक्षण भएकाहरुको व्यवस्थापनमा लाग्छौं ।” समुदायस्तरमा फैलिएको सङ्क्रमणले प्रतिरोधात्मक क्षमता पनि बढाउँदै लगेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी बताउँछन् । उनले भने, “कतिपयलाई थाहै नपाई सङ्क्रमण भएर निको भइसक्यो, कतिपयलाई कोरोना सामान्य रोग हो भन्ने मनोबल बढेको छ ।”

    समाजमा लक्षण नदेखिएका सङ्क्रमित बढ्दै जाँदा त्यसले जोखिम कम हुँदै जाने उनको भनाइ छ । डा.अधिकारी अहिले ६८ प्रतिशत लक्षण नभएका र ३२ प्रतिशत लक्षण भएका सङ्क्रमित रहेको बताउँछन् । उनका अनुसार तीन प्रतिशत सङ्क्रमित मात्रै गम्भीर बिरामी भएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा लक्षण नहुने सङ्क्रमित बढ्दै जाने उनको अनुमान छ । उनले भने, “अब लक्षण नभएका सङ्क्रमित ८० प्रतिशतसम्म पुग्न सक्छ ।” तर मौसम चिसो हुँदै जाँदा दीर्घरोगीहरु भने बढी जोखिममा पर्ने डा अधिकारीको भनाइ छ । उनले भने– “जाडोमा दीर्घ रोग बढी सक्रिय हुन्छ, त्यसमाथि कोरोना सङ्क्रमण भयो भने जोखिम उच्च हुन्छ ।” दम, बाथलगायतका रोगहरुले जाडो महिनामा बढी दुःख दिने बताउँदै उनले यस्ता वर्ग कोरोना सङ्क्रमणबाट बच्नु पर्ने सुझाव दिए ।

    उनले भने– “जाडो महिनामा दीर्घरोगी धेरैको मृत्यु हुने गरेको छ, कोरोना सङ्क्रमणका कारण यो सङ्ख्या थपिन सक्छ ।” उद्योग वाणिज्य महासङ्घ बागमतीका उपाध्यक्ष राजन गौतम रोगले भन्दा भोकले धेरै मानिसको मृत्यु भएको भन्दै निषेधाज्ञा र लकडाउनले पनि रोग फैलिनबाट रोक्न नसकेको बताउँछन् । उनले सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर अर्थव्यवस्थालाई चलायमान बनाउनु पर्ने बताए । उनले भने, “सङ्क्रमणबाट जतिको मृत्यु भयो, त्योभन्दा बढी गरिबीका कारण मानिसले ज्यान गुमाउनु परेको छ ।”

    जिल्लामा हालसम्म एक हजार ५१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १७ जना चितवनका हुन् भने अन्य जिल्लाका सङ्क्रमित हुन् । देशकै मध्यभाग भएकाले अन्यत्रबाट सङ्क्रमितहरु यहाँ उपचार र रोजगारीका लागि धेरै आउने गर्दछन् । यसका कारण सबैभन्दा बढी अस्पताल र त्यसपछि उद्योग कलकारखाना सङ्क्रमणको जोखिममा छन् । लकडाउन खुकुलो भएसँगै मानिसको आवागमन बढ्ने हुँदा सङ्क्रमण झनै फैलिन चिन्ता गरिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ९ घण्टा अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    ९ घण्टा अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ९ घण्टा अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १0 घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १0 घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    ११ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    ११ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    १२ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    १२ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution