
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत जाने भएका छन्। उनको सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार लामिछाने परिवारसहित तीर्थाटनका लागि भारत जान लागेका हुन्।
भ्रमणका क्रममा लामिछाने भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार यो लामिछानेको निजी भ्रमण हो। भ्रमणका क्रममा धार्मिक स्थलहरूको दर्शन तथा पूजाअर्चना गर्नेबाहेक अन्य औपचारिक कार्यक्रमबारे विज्ञप्तिमा उल्लेख गरिएको छैन।
लामिछानेको भारत भ्रमण तीन दिनको रहने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे