• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार

५ घण्टा अघि
२

महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा

२0 घण्टा अघि
३

कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही

२१ घण्टा अघि
४

गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता बोलाउने निर्णय

२१ घण्टा अघि
५

राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित

२१ घण्टा अघि
६

अमेरिकाले २ लाख विदेशीको भिसा रद्द गर्दै

२२ घण्टा अघि
७

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आईटी क्षेत्रका दुई दर्जनभन्दा बढी सञ्चालकसँग छलफल गर्दै

२२ घण्टा अघि
८

कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद सचिवालयमा बुझाइयो प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट

२२ घण्टा अघि
९

कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

२२ घण्टा अघि
१०

कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

२२ घण्टा अघि
११

प्रतिनिधिसभाको बैठक स्थगित

२३ घण्टा अघि
१२

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन १, आईतबार (४ साल अघि)

सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल : स्थानीयवासी खुसी

  • 3,865 Views
  • पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्छन् । गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्छन् ।

    माछापुच्छ्रे का नौ वडामध्ये वडा नं २ लाई मात्र सेती नदीले छुट्याएको छ । सेतीको रातोपानीमा झोलुङ्गे पुलबाट यात्रु वारपार गरे पनि पक्की पुल नहुँदा बर्खामा गाडी वारपार गर्न सक्दैनन् । बर्खायाम सुरु भएसँगै गाउँपालिकाको केन्द्र पुग्न गौतमजस्तै स्थानीयवासीलाई पोखरा भएर जानुपर्ने बाध्यता हुन्छ ।

    गाउँपालिकाको केन्द्र जोड्ने सार्दिखोला–घाचोक सेती नदीमा मोटरेबल पुल नहुँदा सार्दिखोलावासीले हैरानी व्यर्होदै आए पनि अहिले दुई वडा जोड्ने गरी सेती नदीमा पक्की मोटरेबल पुलको काम सुरु भएको छ । पुलको काम धमाधम हुँदै गर्दा सार्दिखोलावासी पनि उत्साहित भएका छन् ।

    उनले भने, “हामीलाई आफ्नै गाउँपालिकाको कार्यालयसम्म जान पनि निकै सास्ती थियो । पन्ध्र मिनेटमा पुगिने कार्यालय जान पुरुन्चौर हुँदै घुमरे जाँदा एक घण्टा समय लाग्ने गरेकामा पुलको काम सुरु भएपछि वडावासीमा खुसी छाएको छ ।”

    सार्दिखोलावासीले विसं २०७४ स्थानीय तह पुनःसंरचनाका बेलैमा सेती नदीमाथि रातोपानीमा पुल बन्नुपर्ने माग उठाएका थिए । पुल नहुने हो भने पोखरामा मिसिनुपर्ने मागसमेत उनीहरुको थियो । तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रतिबद्धतापछि सार्दिखोलावासीले माछापुच्छ्रेमा मिसिन तयार भए पनि प्रतिबद्धताअनुसार पुल नबनेपछि निरास बने ।

    गण्डकी प्रदेश सरकार स्थापनापछि पहिलो वर्षमा पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि रु ७५ लाख विनियोजन गरिएको थियो । तर पटकपटक डिजाइन परिर्वतन भएपछि पुलको काम अघि बढ्न सकेको थिएन । अहिले पुलको काम धमाधम सुरु भएको छ । सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले रातोपानीमा पक्की मोटरेबल पुलको माग धेरै पहिलादेखि नै गरिएको जानकारी दिए । गाउँपालिका पुग्नका लागि समेत दुःख हैरानी भोग्नुपरेपछि सङ्घ र प्रदेश सरकारसँग पुलको योजना माग गरिएको उनले बताए ।

    उनले भने, “पुलको काम सुरु भएपछि वडावासी सबै खुसी भएका छन् । तोकिएको समयभित्रै गुणस्तरीय हिसाबले पुल निर्माणको काम सम्पन्न गर्न वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्नेछौँ ।” प्रदेश सरकारको रु १० करोड २८ लाख ५७ हजार लागतमा ७० मिटर लामो र साढे १० मिटर फराकिलो पुलको काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले हालसम्म पुलको २० प्रतिशत आर्थिक र १० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

    विसं २०८० साउन २४ गतेभित्रमा काम सम्पन्न गर्ने गरी गत साउन २५ गते हिमदुङ थोकर, रामजानकारी जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएको उनले बताए । प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपिआरका लागि बजेट विनियोजन भए पनि पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भएको सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य एवं हालका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।

    सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविससहित पोखराको उत्तर–पश्चिम क्षेत्रका नागरिकसमेत पुल बनेपछि लाभान्वित हुने र यस पुलको महत्व धेरै रहेको उनको भनाइ छ । अर्थमन्त्री बरालले भने, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजना अघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना प-यो तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वाभाविक हो । धेरै मेहेनतपछि यस वर्ष पुलको स्रोतको सुनिश्चित भएको छ, अब काम अघि बढ्छ ।”

    अर्थमन्त्री बरालले माछापुच्छ्रे का धिप्राङ र मर्दीखोलामाथि पनि पक्की पुल निर्माणको योजना प्रदेश सरकारको रहेकाले पुल बनेपछि गाउँपालिकाका नौवटै वडा हिउँद÷बर्खामा पनि सडक सञ्जालबाट जोडिने जानकारी दिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार
    ५ घण्टा अघि

  • २

    महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा
    २0 घण्टा अघि

  • ३

    कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही
    २१ घण्टा अघि

  • ४

    गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता बोलाउने निर्णय
    २१ घण्टा अघि

  • ५

    राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित
    २१ घण्टा अघि

  • ६

    अमेरिकाले २ लाख विदेशीको भिसा रद्द गर्दै
    २२ घण्टा अघि

  • ७

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आईटी क्षेत्रका दुई दर्जनभन्दा बढी सञ्चालकसँग छलफल गर्दै
    २२ घण्टा अघि

  • ८

    कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद सचिवालयमा बुझाइयो प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट
    २२ घण्टा अघि

  • ९

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा
    २२ घण्टा अघि

  • १०

    कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ५

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ६

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution