
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार मुस्ताङ पुगेपछि मुक्तिनाथ मन्दिरमा पूजार्चना गरी काठमाडौं फर्किएका छन् ।
प्रधानमन्त्री शाह केही बेरअघि मुस्ताङबाट संघीय राजधानी काठमाडौंका लागि प्रस्थान गरेका हुन् । उनी शनिबार परिवारका सदस्यसहित मुस्ताङ पुगेका थिए ।
मुस्ताङ पुगेपछि शनिबार अपराह्न प्रधानमन्त्री शाहले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका थिए । मुक्तिनाथ दर्शन तथा पूजार्चना सकेपछि उनी काठमाडौं फर्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकखण्ड हुँदै काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे