
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न पदमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले जगदीश खरेललाई पार्टीको प्रवक्ता बनाएको हो। उनलाई सभापति रवि लामिछानेको प्रस्तावमा प्रवक्ता बनाइएको बताइएको छ।
बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिएको छ। त्यस्तै, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनित गरिएको छ।
रास्वपाले संगठन विभागको प्रमुखमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिएको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की र पूर्वाधार विभागमा निशा डाँगीलाई मनोनित गरिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाललाई दिइएको छ। अर्थ विभागको प्रमुखमा लीमा अधिकारी बनेकी छन्। पार्टीले धेरै पदमा जिम्मेवारी तोके पनि अझै एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्न बाँकी रहेको छ। बाँकी पदमा पनि छिट्टै जिम्मेवारी तोकिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे